मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ७ आइतबार ११:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उच्चस्तरीय आयोगबारे बर्तौला भन्छन्- राजनीतिक सहमतिप्रति सरकारबाट ठूलो धोका भयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ७ आइतबार ११:५५:००

नेकपा एमाले सचेतक महेश बर्तौलाले राजनीतिक सहमतिप्रति सरकारबाट ठूलो धोका भएको आरोप लगाएका छन्। 

उनले सुन तस्करी सम्बन्धमा अनुसन्धान गर्न ५ असोजमा उच्चस्तरीय जाँचबुझ आयोग निर्माण गरी कार्य प्रारम्भ गर्ने सरकार र दलहरूबीच सहमतिअनुसार कार्यान्वयन गर्न सरकार तयार नभएको बताएका हुन्। 

आइतबार  सामाजिक सञ्जालमा लेख्दै सचेतक बर्तौलाले पूर्वसहमतिबमोजिम अगाडि बढ्न र कार्यान्वयन गर्न अहिले सरकार तयार नभएको बताएका हुन्। 

उनले सहमति कार्यान्वयन नहुनुले यसले सुनलगायतको तस्करी र गैरकानुनी धन्दामा उच्चस्तरीय सरकारी संलग्नताप्रतिको आशंका झनै बढेर गएको बताए। 

‘आफैँले गरेको सहमतिलाई समेत  लत्याएर राजनीति र संसद्लाई घात–प्रतिघात, धोकाधडी, अविश्वास र  द्वन्द्वतर्फ धकेल्न सरकार  प्रयत्नशील रहेको हो कि भन्ने आशंकाप्रति यस घटनाले सत्य प्रमाणित गरेको छ,’ उनले भनेका छन्, ‘यो देशका लागि असाध्यै दुःखद र गम्भीर चिन्ताको विषय हो। यद्यपि, संवाद र छलफलको प्रयत्नलाई भने सकारात्मक रूपमै लिएका छौँ।’