१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ७ आइतबार
  • Friday, 13 September, 2024
२o८o असोज ७ आइतबार ११:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले कोशी अधिवेशन : यी हुन् उदयपुरबाट छनोट भएका प्रतिनिधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ७ आइतबार ११:३६:oo

आगामी असोज १२ र १३ गते हुने कोशी प्रदेश अधिवेशनका लागि नेकपा एमाले उदयपुरले प्रतिनिधि छनोट गरेको छ। उदयपुरको आठवटै पालिकाबाट सहमतिमै कोशी प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट भएका हुन्। 

प्रथम प्रदेश अधिवेशनका लागि आठवटा पालिका र दुईवटा क्षेत्रगत प्रतिनिधिहरू सर्वसम्मत रूपमा टुंगिएको नेकपा एमाले जिल्ला कमिटी उदयपुरका अध्यक्ष प्रमेश्वर घिमिरेले जानकारी दिए। घिमिरेले भने, ‘उदयपुर जिल्लाको भूगोलबाट ३१ जना प्रतिनिधि प्रदेश अधिवेशनमा सहभागी हुनेछन्।’

सबैभन्दा बढी त्रियुगा नगरपालिकाबाट १० जना र सबैभन्दा कम लिम्चुङबुङबाट एकजना प्रतिनिधि चयन भएका छन। दलित समुदायबाट दुईजना र मजदुरबाट तीनजनाले अधिवेशनमा भाग लिने घिमिरेले बताए।

जसमा त्रियुगा नगरपालिकाबाट प्रकाश बस्नेत, ईश्वरमणि राउत, भागवत राउत, विमल कार्की, नारद थापा, चन्द्रनारायण चौधरी, धीरेन्द्र दाहाल साथै त्रियुगा नगरपालिकाको महिला कोटाबाट भवानी थापा, गीता रेग्मी, महेश्वरी राईले भाग लिनेछन्। 

यसैगरी, बेलका नगरपालिकाबाट दुर्गाकुमार थापा (स्वस्ति), धनपति आचार्य, सिर्जना तामाङ, चौदण्डीगढी नपाबाट पदमबहादुर राई, शम्भु पौडेल, कान्ता राई, कटारी नपाबाट ज्ञानेन्द्र श्रेष्ठ काजी, जीवनाथ दाहाल, रतन पोख्रेल, कला घले र गीता खड्काले प्रतिनिधित्व गर्नेछन्। 

यता लिम्चुङबुङ गाउँपालिकाबाट देवराज राई, ताप्लीबाट बाबुराम राई र कमलमाया राई, उदयपुरगढी गापाबाट शैलेश लामा, गोपाल खत्री र संगीता विश्वकर्मा, रौतामाई गापाबाट अम्मरबहादुर रायमाझी, कैलाश बस्नेत, जीवनकुमार कार्की (कुशल), कुमारी  आलेमगर चयन भएका छन्। 

मुक्ति समाज दलिततर्फको कोटाबाट दिलीप रसाइली (फुन्दे), बेनीबहादुर नेपाली, मजदुरबाट दिलबहादुर तामाङ, कृष्ण केसी र माया भण्डारी प्रतिनिधि छनोट भएको अध्यक्ष घिमिरेले जानकारी दिए।