एसियाड महिला फुटबल : नेपाल भियतनामसँग पराजित

शुक्रबार, ५ असोज, २०८०
डिजिटल संस्करण

१९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल भियतनामसँग पराजित भएको छ। 

चीनको हाङझाउमा आज भएको उक्त प्रतियोगिताअन्तर्गत समूह ‘डी’को पहिलो खेलमा भियतनामले नेपाललाई २–० गोलअन्तरले पराजित गरेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने दुई गोल खान पुग्यो। 
    
भियतनामको जितमा फाम हाई एन र न्युगेन थी बिच थुईले समान एक–एक गोल गरे। खेलको  ५३औँ मिनेटमा फाम हाई एनले गोल गर्दै भियतनामलाई पहिलो अग्रता दिलाइन्। त्यस्तै, खेलको ६४औँ मिनेटमा थी बिच थुईले एक गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरिन्।

नेपालले अब आफ्नो दोस्रो खेल जापानसँग यही असोज ८ गते खेल्नेछ। 

सुझावित समाचार