मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज ३ बुधबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ३ बुधबार ११:४४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

एमालेले उत्सवकाे रूपमा मनायाे संविधान दिवस [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ३ बुधबार ११:४४:oo

आठौँ राष्ट्रिय संविधान दिवसलाई नेकपा एमालेले उत्सवको रूपमा मनाएको छ।दिवसका अवसरमा काठमाडौंको नारायणचौरमा सेल्फी विथ नेसनल फ्ल्याग कार्यक्रमसहित एमालेले उत्सव मनाएको हो। 

कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीसहित पदाधिकारी तथा केन्द्रीयस्तरका नेता, सांसद तथा ठूलो संख्यामा एमाले कार्यकर्ता सहभागी थिए। 

दशकौँ लामो संघर्ष, बलिदान र धेरै ठूलो अवरोध छिचोलेर संविधानसभामार्फत संविधान जारी भएको भन्दै एमाले अध्यक्ष ओलीले उत्सव मनाउन आह्वान गरेका छन्।

संविधानले जनतालाई सार्वभौमसत्तासम्पन्न बनाएको र जनताका ३१ वटा मौलिक हक ग्यारेन्टी गरेको भन्दै ओलीले भनेका छन्, ‘संविधानले हामीलाई अधिकार दिएको छ, कर्तव्य, विवेक र इमानदारिता भने हामी आफैँसँग हुनुपर्छ। संविधान दिवसको सबैलाई शुभकामना।’ 

 

तस्बिरहरू : बालकाेट फेसबुक पेजबाट