धादिङमा सामान्य विवादपछि एसिड प्रहार, दुईजना घाइते

मंगलबार, २ असोज, २०८०
डिजिटल संस्करण

धादिङको गजुरी गाउँपालिका– २ मलेखुमा एसिड प्रहारबाट दुईजना घाइते भएका छ्न्।

मलेखुमा सञ्चालित भद्रकाली सुनचाँदी पसल सञ्चालक प्रवीण विकले पसलमा भएको एसिड प्रहार गर्दा बेनिघाट रोराङ गाउँपालिका– ३ रातमाटाका १८ वर्षीय दीपेश क्षेत्री र ६३ वर्षीय डम्बरबहादुर पुलामी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

एसपी मिश्रका अनुसार बेनिघाट रोराङ गाउँपालिका– ३ कात्राकका ३२ वर्षीय प्रवीण विकले सामान्य विवादपछि मलेखुमा सञ्चालित आफ्नै सुनचाँदी पसलमा रहेको एसिड निकाली प्रहार गरेका हुन्। दीपेशको शरीरको विभिन्न भागमा तथा डम्बरबहादुरको अनुहारसहित शरीरमा एसिड प्रहार भएको हो।

घाइतेहरूको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको र एसिड प्रहार गर्ने प्रवीण विकलाई प्रहरीले नियन्त्रणमा लिएको एसपी मिश्रले जानकारी दिए।

सुझावित समाचार