मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
रासस काठमाडौं
२०८० असोज १ सोमबार १७:१०:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम ८७ करोड मात्रै

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०८० असोज १ सोमबार १७:१०:००

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार झिनो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.२६ अंकले उकालो लागेर एक हजार नौ सय ६९.१८ मा पुगेको छ। 

कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको सेयर मूल्य बढेको छ भने एक उपसमूहको मात्रै घटेको छ। विभिन्न कम्पनीका कुल २८ लाख ७४ हजार दुई सय ७५ कित्ता सेयर रु ८७ करोड चार लाख ४४ हजार एक सय ५६ मूल्यमा खरिद बिक्री भएका छन्। 

कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु नौ करोड ३८ लाख ८० हजार आठ सय ६० बराबरको कारोबार भएको छ। यस्तै, एनआइसी एसिया बैंक रु चार करोड ३४ लाख तीन हजार, साल्ट ट्रेडिङ कर्पोरेसन रु तीन करोड ९९ लाख ४० हजार पाँच सय ८५,एभरेस्ट बैंक रु तीन करोड ६० लाख ८२ हजार छ सय २८ र आइएमई लाइफ इन्स्योरेन्स रु दुई करोड ४२ लाख छ हजार आठ सय ९७ मूल्यबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार इमर्जिङ नेपाल ९.९९, थ्री स्टार हाइड्रोपावर ९.९८, भूगोल इनर्जी डेभलपमेन्ट ८.७२, आरबिबी म्युचुअल फन्ड दोस्रो ७.९४ र मेछ्याङ हाइड्रोपावरको सेयर मूल्य ७.७७ प्रतिशतले बढेको छ।

शुभम् पावर ९.९९, पिपुल्स पावर ४.९६, समता घरेलु लघुवित्त ३.५१, सप्तकोशी डेभलपमेन्ट बैंक ३ र गुराँस लघुवित्तको सेयर मूल्य १.९९ प्रतिशतले घटेको छ।