एसिसी एसिया कपको फाइनल खेलमा श्रीलंकाले खराब सुरुवात गरेको छ। घरेलु टोलीले टस जितेर ब्याटिङ गरेको थियो। पहिलो पावर प्ले समाप्तिमा ३१–६ को अवस्थामा छ।
टस हारेर फिल्डिङ गरेको भारतको लागि मोहम्मद सिराजले पाँच विकेट लिएका छन्। उनले ५ ओभरमा एक मेडनसहित सात रन मात्रै खर्चिए।
तेस्रो बलमा कुशल परेरालाई गुमाएको श्रीलंकाले ३.१ ओभरमा पाथुम निशंकालाई ८ रन बनाउँदा गुमायो। ३.३ बलमा सदिरासमरा विक्रम आउट हुँदा ३.४ ओभरमा चौथो विकेटको रूपमा चारिथ असलंका आउट भएका हुन्।