मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३१ आइतबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ ३१ आइतबार ११:२९:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ३१ आइतबार ११:२९:oo

पछिल्लो समय नेपालमा छालारोगका बिरामीको संख्या बढ्दो छ । ९–१० वर्षका केटामा पनि तालु खुइलिने समस्या देखा परेको छ । सामान्यतया ४० वर्षपछि मात्रै तालु खुइलिन्छ वा युवावस्थामा मात्रै ‘डन्डिफोर’ आउँछ भन्ने हाम्रो आमबुझाइ गलत हो । यस्ता जटिल समस्या देखा परेमा हेलचेक्र्याइँ गरेर बस्नुहुन्न । बजारमा विभिन्न प्रकारका सौन्दर्य सामग्री पाइन्छन् । तर, चिकित्सकसँग परामर्श नगरी जथाभावी त्यस्ता सामग्री प्रयोग गर्नाले स्वास्थ्यमा उल्टै गम्भीर समस्या निम्त्याउने जोखिम हुन्छ । 

- मुख्य कुरा, मानसिक रूपमा सन्तुष्ट हुनुपर्छ । आफू जे छु, त्यसैमा सन्तोष गर्न सक्यो, आफैँलाई राम्रो ठान्यो भने अनुहारमा स्वतः चमक आउँछ । 

- नियमित शारीरिक व्यायाम पनि आवश्यक छ । नियमित व्यायामले तपाईंको शरीरबाट पसिनासँगै धेरै विकार बाहिर निकाल्छ, शरीरलाई ऊर्जाशील र अनुहार सफा बनाउँछ । 

- हामीले खाने खाना कति स्वस्थकर छ, यस विषयमा ख्याल गर्नुपर्छ । खानपानमा पर्याप्त ध्यान दिनुपर्छ, समयमा खानुपर्छ । पानी पर्याप्त पिउनुपर्छ । 

- हरेक दिन हाम्रो जीवन दौडधुपमै बितिरहेको छ । सूर्यको प्रकाशमा फैलिएका विभिन्न विकिरणले हाम्रो छालामा प्रत्यक्ष असर गर्छन् । त्यसैले यसबाट जोगिन हामीले बाहिर निस्कनुअघि सनस्क्रिन लगाउनुपर्छ । सनस्क्रिनले प्रदूषणबाट पनि हाम्रो छालालाई जोगाउँछ । 

- राति अबेर बस्ने, बिहान ढिलोसम्म सुत्ने बानीले छाला मात्रै होइन, अन्य रोग निम्त्याउनसमेत भूमिका खेलिरहेको हुन्छ । त्यसैले कम्तीमा सातदेखि १० घन्टा सुत्नुपर्छ ।