मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
२०८० भदौ २९ शुक्रबार १०:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दैलेखमा चट्याङ लागेर एकको मृत्यु, २० घाइते, नौजनाको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
२०८० भदौ २९ शुक्रबार १०:५४:००

दैलेखमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । घाइते भएका २० जनामध्ये नाैजनाको अवस्था गम्भीर रहेको प्रहरीकाे भनाइ छ । चट्याङ लागेर मृत्यु हुनेमा दैलेखको महावु गाउँपालिका– १ खरिगैराकी ४२ वर्षीया भूमिसरा खत्री रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैगरी, खरिगैरामा परेको चट्याङमा परेर १६ जना घाइते भएका छन् । घाइते सबैलाई स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार गरिएको र त्यसमध्ये गम्भीर ६ जनालाई थप उपचारका लागि सुर्खेत लगिएको छ । यस्तै, महावु गाउँपालिका- १ खरिगैराको ओखलढुंगामा पनि चट्याङ लागेर एकजना घाइते भएका छन् ।

बिहीबार साँझ दैलेखको नारायण नगरपालिका- ४ भैँसेखोर भन्ने स्थानमा चट्याङ लागेर दुईजना घाइते भएका छन् । दुवैजनालाई थप उपचारका लागि सुर्खेत लगिएको छ । उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी, दैलेखको डुगेश्वर गाउँपालिका- ६ घोडावासमा समेत चट्याङ लागेर एकजना घाइते भएका छन् ।