लिबिया बाढीमा ज्यान गुमाउनेको संख्या पाँच हजार नाघ्यो, १० अझै हजार बेपत्ता

बिहिबार, २८ भदौ, २०८०
डिजिटल संस्करण

पूर्वीलिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या पाँच हजार पाँच सय पुगेको छ।

अन्य सात हजार बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्। त्रिपोलीस्थित आपतकालीन सेवाका प्रवक्ता ओसामा अलीले मृतकको यकिन संख्या अझै निर्धारण गर्न नसकिएको बताए।

उनका अनुसार बाढीबाट प्रभावित क्षेत्रहरूबाट शव निकाल्ने काम जारी छ। मृतकको संख्या अझै बढ्न सक्नेछ। बाढी प्रभावित क्षेत्रमा करिब १० हजार मानिस बेपत्ता भएको र ३० हजारभन्दा बढी विस्थापित भएका छन्।

बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्रीहरूको समेत अभाव हुन थालेको छ। भूमध्यसागरीय आँधीपछिको बाढीका कारण पूर्वी लिबियामा ठूलो क्षति भएको छ। 
 

सुझावित समाचार