१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

साल्ट ट्रेडिङ कर्पोरेसनको ६१औँ वार्षिकोत्सव

उपभोक्तालाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन संस्थानको भूमिका महत्वपूर्ण : उद्योगमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:५३:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराउन संस्थानको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले बजारलाई सन्तुलित र प्रतिस्पर्धी बनाउनसमेत संस्थानको भूमिका हुने बताए । 

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले स्थापनाको ६१औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री रिजालले सरकारको उद्देश्यमा साल्ट ट्रेडिङजस्तो संस्थानले साथ दिइरहेको भन्दै प्रशंसासमेत गरे । ‘नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराई कर्पोरेसनले सरकारको उद्देश्यमा साथ दिएको छ,’ उनले भने, ‘विभिन्न दैवीप्रकोप तथा प्राकृतिक विपत्का वेलामा समेत उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन कर्पोरेसनले खेलेको भूमिका सराहनीय रहेको छ ।’

उनले कर्पोरेसनले संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्न विभिन्न सामाजिक संस्थालाई पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए । ‘सामाजिक सेवामा अझ बढी योगदान गर्दै दैनिक उपभोग्य वस्तुको कारोबारका साथै कृषिक्षेत्रमा पनि प्रत्यक्ष योगदान पुर्‍याउन सकेमा सरकार अझ कृतज्ञ हुने विश्वास दिलाउन चाहन्छु,’ उनले भने ।

आमजनता तथा उपभोक्ताका लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिएर सेवा प्रारम्भ गरेको ६० वर्ष पूरा गरी ६१ वर्षमा प्रवेश गरेकामा हामी खुसी छौँ । विषम परिस्थितिका बाबजुद पनि कर्पोरेसन आमउपभोक्ताको सेवामा सदैव सक्रिय रहिआएको छ र भविष्यमा अझ सक्रिय रहने प्रतिबद्धता जनाउन चाहन्छु ।

 उर्मिला श्रेष्ठ, सिइओ, साल्ट ट्रेडिङ कर्पोरेसन

साल्ट ट्रेडिङको कालीमाटीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बालबालिकाहरूको संरक्षणमा सक्रिय संस्थाहरूलाई बालहितकारी पुरस्कार, उत्कृष्ट सेवा दिने कर्मचारीहरूलाई प्रशंसापत्र र एसइई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गरिएको थियो । 

समारोहमा कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले सरकारको नीति निर्देशनलाई पूर्ण रूपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन प्रयास गरिरहेको बताए । कर्पोरेसनले सेवा र कार्यक्षेत्र विस्तार गर्दै आमउपभोक्ताको घरदैलोमा सेवा पुर्‍याइरहेको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्वको बोध गरी सामाजिक काम गर्दै आएकोसमेत बताए । उनका अनुसार बालबालिकाको उत्थानमा काम गर्ने सामाजिक संस्था तथा व्यक्तित्वहरूलाई लक्ष्मीदास मानन्धर बालहितकारी पुरस्कार, उत्कृष्ट काम गर्ने कर्मचारीलाई हेमबहादुर मल्ल तथा ईश्वरलाल श्रेष्ठको नाममा उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गर्ने गरिएको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेसनले आमजनता तथा उपभोक्ताका लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिएर सेवा प्रारम्भ गरेको ६० वर्ष पूरा गरी ६१ वर्षमा प्रवेश गरेको भन्दै खुसी व्यक्त गरिन् । उनले विषम परिस्थितिका बाबजुद पनि कर्पोरसन आमउपभोक्ताको सेवामा सदैव सक्रिय रहिआएको बताउँदै भविष्यमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन् ।

ad
ad