मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
अमुल थापा काठमाडाैं
२०८० भदौ २८ बिहीबार ०८:०७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

आज कुसेऔँसी : गोकर्णेश्वरमा दिवंगत बुबाको नाममा तर्पण दिनेको भिड

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०८० भदौ २८ बिहीबार ०८:०७:००

आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिरपरिसरमा दिवंगत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भिड लाग्ने गर्छ ।

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुसेऔँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् । यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर–सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

बुबा नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरपरिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिरपरिसरमा दिवंगत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भिड लाग्ने गर्छ । 

 काठमाडौंको गोकर्णेश्वरमा देखिएका केही दृश्य :