१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २७ बुधबार
  • Friday, 09 May, 2025
शिल्पा कर्ण काठमाडौं
२o८o भदौ २७ बुधबार १९:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वनका तीन पदाधिकारीलाई भ्रष्टाचार मुद्दामा ६-६ महिना कैद सजाय

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २७ बुधबार १९:o४:oo

मोरङको एक सामुदायिक वन उपभोक्ता समूहमा रहेर भ्रष्टाचार गरेको अभियोगमा विशेषले तीनजनालाई सजाय सुनाएको छ। 

दुई वर्षअघिको मुद्दामा फैसला गर्दै दुईजनालाई भने सफाइ सुनाइएको विशेषले जनाएको छ। 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासबाट बुधबार यस्तो फैसला आएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जेठ ०७९ मा मुद्दा चलाएको थियो। 

उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार सन्तोषकुमार लावती, देविन्द्र कार्की र भीमा लम्सालमाथि भ्रष्टाचारको कसुर कायम भएको हो। लावती मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष हुन् भने कार्की सचिव हुन्। लम्साल कोषाध्यक्ष थिइन्। 

कसुर ठहर हुने तीनैजनालाई जनही ६–६ महिना कैद र एक लाख तीन हजार रुपैयाँभन्दा बढी रकम बिगो भराउने आदेश भएको उपरजिट्रार कार्कीले जानकारी दिए। यसैगरी, तत्कालीन आपूर्ति संयोजक रामप्रसाद पौडेल र लेखापरीक्षक चन्द्रबहादुर बस्नेतले सफाइ पाएका छन्।

समूहका पदाधिकारीहरूले वनको रकम हिनामिना गर्नुका साथै लेखापरीक्षकसमेतको मिलेमतोमा वनलाई नोक्सानी पुर्‍याएको ठहर अख्तियारको थियो। उनीहरूले आफूखुसी रुखको अवमूल्यन गरेको, निःशुल्क काठ बाँडेको, सालको काठलाई कुकाठ वा दाउराका रूपमा मूल्यांकन गरेको, परिमाण घटाई बिक्री वितरण गरेकोजस्ता कार्य गरेकोले भ्रष्टाचार मुद्दा चलाइएको थियो।