१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बर्जर पेन्ट्सको ‘बर्जर हाम्रो घर, हाम्रो सान’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:३२:oo

 सजावटी रङहरूको निर्माता कम्पनी बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालिले दसैँ र तिहारको अवसर पारेर ‘बर्जर हाम्रो घर हाम्रो सान’ नामक योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकको घरको सौन्दर्यता अभिवृद्धि गर्ने उद्देश्यमा केन्द्रित रहँदै प्रवद्र्धनात्मक योजना ल्याएको हो । 

योजनाअन्तर्गत एकजना भाग्यशाली विजेताले पाँच लाख रुपैयाँको बम्पर पुरस्कार प्राप्त गर्नुका साथै थप तीनजनाले जनही एक लाख रुपैयाँ तथा अन्य १० जनाले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यसबाहेक, योजनाले घरधनीलाई इन्टेरियर डिजाइनरबाट निःशुल्क परामर्श सेवा प्राप्त गराई विज्ञको सल्लाहअनुसार आफ्नो घर सिँगार्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै, डिजिटल प्रतियोगितामा भाग लिई एक सय उत्कृष्ट घरधनीले आफ्नो घरको सुन्दर तस्बिर सेयर गरेर जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने उल्लेख छ । 

योजना बर्जर सिल्कब्रिद इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अलगार्ड फ्लेक्सो र वेदरकोट अलगार्डजस्ता सीमित बर्जर उत्पादनमा मात्र लागू हुने कम्पनीको भनाइ छ । 

ad
ad