१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २६ मंगलबार १८:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

९६० ग्राम सुनसहित विमानस्थलबाट एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार १८:१९:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले मंगलबार ९६० ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ।

हिमालय एयरलाइन्सबाट दुबईदेखि आएका एक व्यक्तिको साथबाट उक्त सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।

पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेकाले उनको नाम भने अहिले सार्वजनिक नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौं जनाएको छ ।