१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेम्वाङको निधनबाट राष्ट्रलाई अपूरणीय क्षति : पूर्वराष्ट्रपति भण्डारी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:५५:oo

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत ट्विट गर्दै उनले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गरेकी छिन् ।

संसदीय दलका उपनेता नेम्वाङको निधनले सिंगाे पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले भनेकी छिन्, ‘म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, यस दु:खद घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।’    

ad
ad