मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
२०८० भदौ २६ मंगलबार ०८:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Read Time : < 1 मिनेट
२०८० भदौ २६ मंगलबार ०८:१७:००

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका– ६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए । 

अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्स्काभेटर’ तयारी अवस्थामा रहेको प्रहरी प्रमुख तामाङले बताए । नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।