मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २५ सोमबार
  • Monday, 17 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २५ सोमबार २o:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी महानिरीक्षकसहित उच्च अधिकारी कोरिया भ्रमणमा, निमित्त महानिरीक्षकको जिम्मेवारी थापालाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २५ सोमबार २o:१३:oo

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्च प्रहरी अधिकारी कोरिया भ्रमणमा गएका छन्। 

कोरिया अन्तर्राष्ट्रिय सहायता नियोग (कोइका)को निमन्त्रणमा सात उच्च प्रहरी अधिकारी सोमबार कोरिया भ्रमणमा गएका हुन्। 

भ्रमण टोलीमा एआइजीद्वय टेकप्रसाद राई र मीरा चौधरी, डिआइजीद्वय विकासराज खनाल र फणीन्द्र बराल, एसएसपीद्वय भूपेन्द्रबहादुर खत्री र नवीन्द्र अर्याल छन्। 

साइबर सुरक्षा तथा साइबर अपराधको नियन्त्रणमा कोरिया सरकारले गरेका कामको विषयमा अध्ययन गर्न महानिरीक्षक नेतृत्वको टोली कोरिया गएको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले बताए। 

महानिरीक्षकको भ्रमणको अवधिमा एआइजी दीपककुमार थापालाई निमित्त महानिरीक्षकको जिम्मेवारी दिइएको छ।