१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २४ आइतबार
  • Saturday, 21 September, 2024
२o८o भदौ २४ आइतबार १६:३७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जोडु स्कुल : विद्यार्थीलाई पढ्नेभन्दा भत्किने चिन्ता ! 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २४ आइतबार १६:३७:oo

सिँजा गाउँपालिका– ६ जोडुस्थित श्री माध्यमिक विद्यालय लामो समयदेखि बाढीपहिरोबाट प्रभावित छ। जोडु र भाडगाउँको बीचमा पर्ने विद्यालय जोखिमपूर्ण अवस्थामा छ।

बाढीपहिरोले विद्यालयका सबै संरचना भत्केका छन्। त्यही भत्केकै विद्यालयमा घाम लागेको दिनमा विद्यार्थी पठनपाठन गर्छन्। जब पानी पर्न थाल्छ विद्यार्थी डराउँदै घरतिर लाग्छन्।  

बर्सातको समयमा पढाइ नियमित नहुँदा कोर्स पूरा गर्न निकै समस्या भएकाले घाम लागेको दिनमा अतिरिक्त कक्षासमेत सञ्चालन हुने गरेको छ। कक्षा नाैमा अध्ययनरत सक्क्षेस बुढाले पढाइभन्दा पनि स्कुल भत्किने डर भएको बताए। 

उनले भने, ‘हामीलाई पढ्नेभन्दा पनि विद्यालय कतिवेला भत्किने हो भन्ने डरले सताउने गरेको छ। कक्षाकोठाका पर्खाल चर्किएका छन्। डरैडरमा पढ्ने गरेका छौँ।’   
हरेक वर्षामा आउने बाढीपहिरोले विद्यालयका भौतिक संरचना बगाएर लैजाने गरेको प्रध्यानाध्यापक नरबहादुर बुढाले बताए। 

उनले भने, ‘हरेक वर्ष आउने बाढीपहिरोले दुःख दिन थालेपछि विद्यालय दातास्थित वडा कार्यालयनजिक विद्यालय सार्न तयारी गरेका छौँ। गत वर्ष असोज १९ देखि २३ गतेसम्म लगातार वर्षासँगै आएको  बाढीपहिरोले विद्यालय झनै क्षतविक्षत भएको छ।’ 

गत वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुईकोठे भवन निर्माण भएको छ। यो वर्ष साझेदारी सहयोग केन्द्र (पेस नेपाल) र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित आधार परियोजनाअन्तर्गत चारकोठे भवन, तीनकोठे शौचालय र ६ वटा धारा भएको हातधुने स्थान निर्माण गर्न थालिएको छ। 

नयाँ विद्यालय सार्न थालिएको स्थानमा भवन बन्दै छ। तर, विद्यालयको पठनपाठन भने पुरानै जोखिमयुक्त भवनमा हुँदै आएको प्रध्यानाध्यापक बुढाले बताए। 

उनले भने, ‘नयाँ स्कुल सारिएको ठाउँमा भवन निर्माण भएपछि अर्काे शैक्षिकसत्र वैशाखदेखि विद्यालय सार्ने तयारी गरेका छौँ। अहिले पनि पुरानो विद्यालय भएको ठाउँमा चारकोठे एउटा ब्लक मात्रै बाँकी छ। जेनतेन त्यही भवनमा विद्यार्थीको पठनपाठन गरेका छौँ। निकै समस्याका बाबजुद विद्यार्थीको पठनपाठन भइरहेको छ।’ 

स्कुल सार्ने भनिएको ठाउँमा पनि गत वर्ष निर्माण भएको दुईकोठे भवन र अहिले निर्माण हुन थालेको चारकोठे भवन गरी ६ कोठे दुईवटा भवन छन्। प्रधानाध्यापक बुढाका अनुसार अझै आठकोठे भवन अपुग हुन्छ। यस विषयमा गाउँपालिकालाई  पनि ध्यानाकर्षण गराएका छौँ। अपुग भवन पनि निर्माण हुने अपेक्षा गरिएको छ। अहिले विद्यालयमा दुई सय ९८ विद्यार्थी अध्ययनरत छन्। 

सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार संघ, प्रदेश, स्थानीय सरकार तथा गैरसरकारी संस्थाको समन्वय सहकार्य गरी अपुग भौतिक संरचना निर्माण गरी विद्यार्थीको पठनीय वातावरण सहज बनाउने प्रयास भइरहेको छ। 

यस्तै भौतिक संरचना अभाव भएका सामुदायिक विद्यालयमा भवन निर्माण गर्न थालिएको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले बताए। उनका अनुसार सिँजा भेगका तीन गाउँपालिका सामुदायिक स्कुल भवन निर्माण गर्न थालिएको हो। 

हिमा गाउँपालिका– ३ जोगीवाडास्थित भैरव आधारभूत विद्यालयमा चारकोठे भवन एक ब्लक, तीनकोठे शौचालय र ६ वटा धारा निर्माण गर्न थालिएको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपाने बताए। 

उनले भने, ‘हिमा गाउँपालिका– ४ माथिल्ला कुडुस्थित महादेव आधारभूत विद्यालयमा चारकोठे भवन, शौचालय र हात धुने स्थान निर्माण गर्ने योजना छ।’ 

कनकासुन्दरी गाउँपालिका– ४ लेकपोरस्थित भैलेपाटा आधारभूत विद्यालयमा दुईकोठे दुईवटा ब्लक विद्यालय भवन निर्माण गर्न थालिएको हो। यस्तै, कनकासुन्दरी गाउँपालिका–६ गोरुचौरस्थित श्री आधारभूत विद्यालयमा चारकोठे भवन, तीनकोठे शौचालय र ६ वटा धारा भएको हातधुने स्थानसहित निर्माणधीन अवस्थामा छ।