मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १२ मंगलबार
  • Tuesday, 28 November, 2023
फाइल तस्बिर
२०८० भदौ २४ आइतबार १३:२२:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सहमतिपछि बागमती प्रदेश सभा बैठक सञ्चालन

Read Time : < 1 मिनेट
२०८० भदौ २४ आइतबार १३:२२:००

नेकपा एमालेलगायतका विपक्षी दलहरू आफ्नो अडानबाट पछि हटेपछि बागमती प्रदेशको प्रदेश सभा बैठक आइतबारबाट सञ्चालन भएको छ।

आइतबार बिहान प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय सहमतिपछि प्रदेश सभा सञ्चालन भएको सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए। यसअघि सरकारले बजेट पास गर्ने वेलामा गरेको सहमति पालन नभएको भन्दै विपक्षी दलहरूले बैठकमा अवरोध गर्दै आएपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आजका लागि सर्वदलीय बैठक बोलाएका थिए।

प्रदेश सरकारले बजेट पास गर्ने वेलामा भएको सहमति कार्यान्वयन नगरेको भन्दै संसद् चल्न नदिने चेतावनी दिएपछि भदौ १८ गते र २० गते तय भएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो। सर्वदलीय बैठकमा सरकारले प्रतिपक्ष दलले उठाएका माग प्रक्रियागत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आजदेखि बैठक सञ्चालन भएको हो।

आज प्रदेश सभाका दुईवटा बैठक सञ्चालन हुने बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता गुप्ताले जानकारी दिए। उनका अनुसार प्रदेश सभाको पहिलो बैठकमा केही विधेयक पेस हुनेछन् भने दोस्रो बैठकमा शोकप्रस्ताव पारित गरिने प्रवक्ता गुप्ताले बताए।