मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २३ शनिबार १६:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालको सद्भाव र सहिष्णुतामाथि आक्रमण भइरहेको छ : गृहमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २३ शनिबार १६:३४:००

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधताबीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताएका छन्। 

शनिबार ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। विविधताका बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, दिन नहुने बताउँदै उनले आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्नेमा जोड दिए। 

प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारका निम्ति अघि बढ्नुपर्ने बताउँदै गृहमन्त्री श्रेष्ठले जातीय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, विग्रह फैल्याउने खतराहरू पनि देखिइरहेको दाबी गरे। 

गृहमन्त्री श्रेष्ठले समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मुल मन्त्र बनाएको उल्लेख गरे। उनले सरकारले भ्रष्टाचारविरोधी र दण्डहीनताविरोधी ठूलाठूला अभियान सञ्चालन गरेको बताए। 

नेपाललाई विकास र समृद्धिको दिशातिर लैजानको निम्ति राष्ट्रिय पुँजीको विकास, उत्पादनको वृद्धि, सामाजिक न्याय स्थापना गर्नुपर्ने आवश्यकता रहेको औँल्याए। 

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनतालाई आफ्नो देशभित्रै आफ्ना आफन्तको, बालबच्चाको साथमा र आफ्नो मातृभूमिको साथमा श्रम सिञ्चित सुख जीवन दिलाउने अवसर दिलाउनु अहिलेको आवश्यकता भएको बताए।