मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
२०८० भदौ २३ शनिबार ११:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा दुई ट्रक एकआपसमा ठोक्किँदा चालकको मृत्यु

Read Time : < 1 मिनेट
२०८० भदौ २३ शनिबार ११:३०:००

चितवनमा दुई ट्रक एक आपसमा ठोक्किँदा एकजना ट्रकचालकको मृत्यु भएको छ। पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–३ झुरझुरे बासुकी पेट्रोल पम्पनजिकै दुर्घटना भएको हाे।

दुर्घटनामा परेर ना ३ ख ५४८८ नम्बरको ट्रकचालक नवलपरासी जिल्ला गैँडाकोट–१ का ४३ वर्षीय प्रकाश कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ५४८८ नम्बरको ट्रक र पूर्वतर्फ जाँदै गरेको प्र २–३–००२ ख ५६०९ नम्बरको ट्रक एकआपसमा ठाेक्किएका थिए।

दुर्घटनामा परेर सख्त घाइते भएका चालक कुँवरको उपचारका क्रममा भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा बिहान मृत्यु भएको चितवन प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

अर्को ट्रकका सहचालक रौतहटका रविनकुमार यादव (१८ वर्ष) को अवस्था सामान्य छ भने चालक बारा निजगढका निकेश राउत कुर्मी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।