१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २२ शुक्रबार
  • Saturday, 10 May, 2025
२o८o भदौ २२ शुक्रबार १५:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर वृद्धिको विरोधमा राजापुर नगरपालिकामा तालाबन्दी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २२ शुक्रबार १५:o७:oo

बर्दियाको राजापुर नगरपालिकाले एकीकृत सम्पत्ति करलगायतका कर वृद्धि गरेको विरोधमा विभिन्न राजनीतिक दलले नगरपालिकामा तालाबन्दी गरेका छन्। उनीहरूले विरोध र्‍याली निकालेर राजापुर बजारसमेत बन्द गरेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी नेकपाले तालाबन्दीसँगै बजार बन्द गरेका हुन्। नागरिकको बेवास्ता गर्दै मनोमानी ढंगले नगरपालिकाले चर्को कर असुलेको दलहरूको आरोप छ।

१५ भदौमा वडा कार्यालयहरू घेराऊ तथा १८ गते नगरपालिका घेराउलगायत शान्तिपूर्ण विरोधका कार्यक्रम गरे पनि नगरपालिकाले सुनुवाइ नगरेकाले तालाबन्दी गरेको एमाले बर्दियाका उपसचिव पहाडी थारूले बताए। गत वर्षको तुलनामा यस वर्ष ६ सय प्रतिशतभन्दा बढी कर वृद्धि भएको दलहरूकाे दाबी छ।

गत वर्ष ६ सय २५ रुपैयाँ कर तिरेका राजापुर नगरपालिका– ४ का मधुवाला थारूले यस वर्ष एकैपटक १० हजार ४६ रुपैयाँ कर तिरेका छन्।

यता राजापुर नगरपालिकाका प्रमुख दीपेश थारू भने अन्य पालिकाको तुलनामा राजापुरले न्यून कर लिएको दाबी गर्छन्।