१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २१ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २१ बिहीबार १४:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई विश्वविद्यालयमा लागेका ताला तत्काल हटाउन सांसद भट्टराईकाे माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २१ बिहीबार १४:३४:oo

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद विद्या भट्टराईले नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउन सरकारसँग माग गरेकी छिन्। 

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँ जिम्मेवार नभएका कारण ती दुवै विश्वविद्यालयमा निरन्तर रूपमा तालाबन्दी लगाउने काम भएकाले त्यसलाई हटाउन सरकारले ढिलाइ गर्न नहुने बताइन्। उनले विश्वविद्यालयलाई प्राज्ञिक क्षेत्रको रूपमा विकास गर्न पनि सरकारलाई सचेत गराइन्। 

सांसद भट्टराईले सत्ता पक्षकै विद्यार्थी संगठनहरूले विश्वविद्यालयलाई तालाबन्दी संस्कृतिको केन्द्र बनाएको आरोपसमेत लगाइन्।