१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका महोत्तरी
२o८१ बैशाख २३ आइतबार १३:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्राकृतिक स्रोत व्यवस्थापन कलेजका ८० जना विद्यार्थी एकैपटक बिरामी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:४५:oo

बर्दिबास– ६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौँ ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ। पछिल्ला ५–६ दिनयता ८० विद्यार्थी ज्वरोले बिरामी परेका छन्। उनीहरूको शुक्रबारदेखि परीक्षा रहेको बताइएको छ। 

ग्रामीण भेगमा अवस्थित कलेजमा विद्यार्थी ज्वरोले ग्रस्त भएपछि बर्दिबास अस्पतालको चिकित्सक टोलीले कलेजमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ। ज्वरो आएकामध्ये तीनजनामा डेंगु संक्रमणको पुष्टि भएको अस्पतालका मेडिकल अफिसर डा. किशोर अधिकारीले जानकारी दिए। 

एक्कासि उच्च ज्वरो आउने र टाउको दुख्ने सबैजसो विद्यार्थीमा समान लक्षण पाइएको छ। यसअघि चौथो सेमेस्टरको परीक्षा चलिरहँदा पनि विद्यार्थीलाई ज्वरोले समस्या बनाएको क्याम्पस प्रमुख हरि भुजेलले जानकारी दिए। 

बर्खायाममा धमिलिएको दूषित पानी सेवनले ज्वरो फैलिएको अनुमान गरिए तापनि अझै कतिपयमा डेंगु संक्रमण देखिन सक्ने जाँचमा संलग्न चिकित्सकको भनाइ छ।

धमाधम ज्वरो र टाउको दुख्ने लक्षणबाट विद्यार्थी बिरामी हुन थालेपछि बर्दिबास– ६ का वडाध्यक्ष पद्म आलेमगरले बुधबार नै बर्दिबास अस्पतालसँग समन्वय गरेर स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको बताए। अहिले केही बिरामीलाई कलेजनजिकका स्वास्थ्य क्लिनिकमा र केहीलाई बर्दिबास अस्पतालमै उपचार चलाइएको छ।

परीक्षा स्थगन गर्न प्राकृतिक स्रोत व्यवस्थापन कलेजले पनि कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको डिनको कार्यालयलाई पत्र लेखिएको निमित्त क्याम्पस प्रमुख भुजेलले जानकारी दिए। विद्यार्थीको स्वास्थ्य अवस्थाबारे नगरप्रमुख र अन्य सरोकारवालाबीच संंयोजन भइरहेको वडाध्यक्ष मगरको भनाइ छ। रासस 

ad
ad