Skip This
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कारबाही गर्न कांग्रेसको माग 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २७ बिहीबार o९:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कारबाही गर्न कांग्रेसको माग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o९:४५:oo

यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबहादुर सापकोटा राजतन्त्र समर्थक, यसअघि पनि  विभिन्न व्यक्तिलाई मोसो दल्नेलगायत गतिविधिमा सक्रिय

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार प्रदर्शनी मार्गस्थित रिपोर्टर्स क्लबबाट बाहिरिँदै गर्दा यादवमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट टाउकोको पछाडिको भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरस्थित आइसियू कक्षमा उपचार भइरहेको छ । 

यादवमाथि नुवाकोटको विदुर नगरपालिका– ४ का श्यामबहादुर सापकोटाले आक्रमण गरेका हुन् । उनी राजतन्त्र समर्थक रहेको खुलेको छ । मुलुकमा भ्रष्टाचार मौलाएको भन्दै उनले यादवलाई खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले आक्रमणकारीलाई तत्कालै नियन्त्रणमा लिएर अनुसन्धानअगाडि बढाइएको बताए । ‘यादवमाथि खुकुरी प्रहार गर्ने आक्रमणकारीलाई तत्कालै नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा अनुसन्धान हुँदै छ । बाँकी तथ्य खुल्दै जालान्,’ उनले भने ।

साक्षात्कार कार्यक्रम हुने सूचनापछि उनी बुधबार बिहानै रिपोर्टर्स क्लब पुगेका थिए । क्लबमा उनी पत्रकारसँगै बसेका थिए । कार्यक्रममा प्रमुख वक्ता रहेका यादवले नक्कली भुटानी शरणार्थी तथा समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए । पूरै समय कार्यक्रममा रहेका सापकोट यादव कार्यक्रम सकेर बाहिरिएसँगै पछिपछि निस्किएका थिए । यही क्रममा उनले साथमा रहेको खुकुरी झोलाबाट झिकेर यादवमाथि प्रहार गरेका हुन् । 

यादवलाई खुकुरी प्रहार गरेपछि उनले ‘ले ले जनता खुकुरी ले, देशद्रोहीलाई छप्काइदे, राजसंस्था जिन्दावाद, एमसिसी खारेज गर’ लगायतका नारा लगाएका थिए । प्रहरीका अनुसार उनले यसअघि पनि विभिन्न व्यक्तिलाई मोसो दल्नेलगायत गतिविधि गर्दैै आएका थिए । उनी त्यसवेला पनि पक्राउ परेका थिए ।

आक्रमणकारीलाई कारबाही गर्न कांग्रेसको माग 

आक्रमणकारी श्यामबहादुर सापकोटा

कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमणमा संलग्नलाई कारबाहीको माग गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको भन्दै भत्र्सना गरिएको छ । ‘आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो–कोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न कांग्रेस सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा छ । 

खुकुरी प्रहारले टाउकोमा चोट लागेपछि उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सभापति शेरबहादुर देउवालगायतले अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । ट्रमा सेन्टरले यादवको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी गराएको छ । यादवको टाउकोको पछिल्लो भाग तथा गर्धनमा गहिरो घाउ भई रक्तस्राव भएको अस्पतालले जानकारी दिएको छ । मेडिकल सुपरिटेन्डेन्ट प्रमुख डा. बद्री रिजालका अनुसार टाउकोको सिटिस्क्यान गर्दा आन्तरिक चोट देखिएको छैन । र, चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । 

तरुण दल अध्यक्ष विद्वान गुरुङले तरुण दलको पूर्वअध्यक्ष यादवमाथि खुकुरी प्रहार गरी भएको सांघातिक आक्रमणको भत्र्सना गरेका छन् । तरुण दलले घटनामा प्रहरी–प्रशासन मूकदर्शक बनेको र घटनालाई सामान्य रूपमा लिन नसकिने भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । 

नेविसंघले घटनामा सरकार शान्तिसुरक्षा कायम गर्न असफल भएको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले पनि विज्ञप्तिमार्फत दिनदहाडै सार्वजनिक स्थलमा ज्यान मार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार हुनु निन्दनीय भएको उल्लेख गरेका छन् ।

ad
ad