१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १९ मंगलबार
  • Wednesday, 19 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १९ मंगलबार १६:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय मान्यताप्राप्त दलको आर्थिक पारदर्शिता हेर्नुपर्छ : सांसद भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १९ मंगलबार १६:३२:oo

नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूको पनि आर्थिक पारदर्शिता हेर्नुपर्ने बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले राष्ट्रिय मान्यताप्राप्त दलहरूको आम्दानी र खर्च हेर्न आवश्यक रहेको बताए। राजनीतिक दलसम्बन्धी ऐनमा नै व्यवस्था गरेर राजनीतिक दलहरूको आर्थिक गतिविधिको अध्ययन र छानबिन गरी पारदर्शी र जवाफदेही बनाउनुपर्ने भट्टराईको भनाइ छ।

‘सरकारले राजनीतिक दलसम्बन्धी ऐन पनि संशोधन गरेर आउन थालेको छ। त्यसमा विशेषगरी समितिले राष्ट्रिय मान्यताप्राप्त पार्टीहरूको लेखा पनि हेर्नुपर्छ। राजनीतिक दलको स्रोत कहाँबाट आएको छ । खर्च प्रणाली के भएको छ, कहाँबाट चलेको छ हेर्नुपर्छ,’ उनले भने।

भट्टराईले दलबाट मन्त्री बनेकाहरूको मन्त्रालयको बेरुजु सम्बन्धित दलमा समेत पठाउनुपर्ने धारणा राखे। आर्थिक कार्यविधि ऐनमा समस्या भए सरकारले संशोधन गर्नुपर्ने उनको भनाइ छ।

ad
ad
ad
ad