१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १९ मंगलबार
  • Friday, 09 May, 2025
२o८o भदौ १९ मंगलबार ११:४५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अगस्टमा टर्कीको मुद्रास्फीति ५९ प्रतिशत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १९ मंगलबार ११:४५:oo

टर्कीको वार्षिक मुद्रास्फीति अगस्टमा बढेर ५८.९४ प्रतिशत पुगेको छ। टर्की लिराको घट्दो मूल्य र हालैका कर वृद्धिका कारण गत वर्ष अक्टोबरपछि वृद्धि भएको हो। 

टर्किस तथ्यांक संस्थानको तथ्यांकले अगस्टमा उपभोक्ता मूल्य सूचकांक (सिपिआई) मासिक ९.०९ प्रतिशतले बढेको देखाएको छ। सिपिआईले अक्टोबर २०२२ मा ८५.५१ प्रतिशतबाट जुन २०२३ मा ३८.२१ प्रतिशतमा लगातार गिरावट आएको बताएको छ । वार्षिक मुद्रास्फीति जुलाईमा ४७.८३ प्रतिशतले बढेको र यो गत वर्षको अक्टोबरपछि पहिलोपटक बढेको बताइएको छ।

अगस्ट २४ मा टर्कीको केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण गर्न १७.५ प्रतिशतबाट २५ प्रतिशतसम्म ठूलो ब्याजदर वृद्धि गर्ने घोषणा गरेको थियो। 

राष्ट्रपति रेसेप तैयप एर्दोगानले पूर्वबैंकर हाफिज गे एरकानलाई केन्द्रीय बैंक गभर्नर र मेहमेट सिमसेकलाई ट्रेजरी र वित्त मन्त्रालयको प्रमुखको रूपमा नियुक्त गरेपछि केन्द्रीय बैंकले नयाँ नियम लागू गरेको हो।   

[सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री।]