नेपाल-भारतको खेल हेर्न महानगरका अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द

सोमबार, १८ भदौ, २०८०
डिजिटल संस्करण

नेपाल–भारतबीच हुने खेल हेर्न वीरगन्ज महानगरपालिकाले कार्यालय पनि बन्द गर्ने भएको छ।

वीरगन्ज महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले आज एसिया कप २०२३ अन्तर्गत भइरहेको नेपाल र भारतबीचको प्रतिस्पर्धा हेर्नका निमित्त वीरगन्ज महानगरपालिकाको अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा दिउँसो २ बजेदेखि बन्द गर्ने जानकारी गराएको हो।

यसअघि महानगरअन्तर्गतको शैक्षिक प्रशासन महाशाखाले आज दिउँसो २ बजेदेखि सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको थियो।

सुझावित समाचार