१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १७ आइतबार
  • Sunday, 11 May, 2025
फाइल तस्बिर
२o८o भदौ १७ आइतबार १८:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

किनारमा रहेको नाउ चलाउन खोज्दा कर्णालीमा बालक बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १७ आइतबार १८:४९:oo

कर्णाली नदीले बगाउँदा एक बालक बेपत्ता भएका छन्। नदी किनारमा रहेको नाउ चलाउन खोज्दा नाउसँगै बगेर बालक बेपत्ता भएका हुन्।

दैलेखको आठबीस नगरपालिका– १ रामघाट खोला र कर्णाली नदीको दोभान नजिकबाट चामुण्डा बिन्द्रासैनी नगरपालिका– ७ का १६ वर्षीय शिवबहादुर शाही बेपत्ता भएका हुन्। शाही दुईजना बालबालिकासँगै थिए।

आइतबार दिउँसो १२ बजे तिर डुंगासँगै बगेर बेपत्ता बालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कमलप्रसाद आचार्यले जानकारी दिए।