जुम्लाको कनकासुन्दरी गाउँपालिका- ४ मा बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे.१ज १०९९ नम्बरको बोलेरो जिप नाग्म-गमगडी सडकअन्तर्गत कनकासुन्दरीको छलपनेरा भन्ने ठाउँमा आइतबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा परी दुईजनाको घटनास्थलमै मृत्यु भएको र मृत्यु हुनेमा चालक र सहचालक रहेकाे हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर बुढामगरले बताए । उनका अनुसार मृतक दुवैजनाको हालसम्म सनाखत हुन सकेको छैन ।
गाडी सडकबाट करिब तीन सय मिटर तल खसेको छ । जिप दुर्घटनाको कारण खुलेको छैन ।