१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १५ शुक्रबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १५ शुक्रबार १९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

भोलि उपत्यकाका केही स्थानमा विद्युत् आपूर्ति बन्द हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १५ शुक्रबार १९:२o:oo

भोलि (शनिबार) उपत्यकाका विभिन्न ठाउँमा विद्युत् आपूर्ति प्रभावित हुने भएको छ । रत्नपार्क, कुलेश्वर, पुल्चोक र लगनखेल वितरण केन्द्रअन्तर्गत रहेका फिडरहरूमा विद्युत् सेवा बन्द हुने भएको हो । 

नेपाल विद्युत् प्राधिकरणले आज सूचना जारी गर्दै यी क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जानकारी गराएको छ । हाल लप्सीफेदी तथा चाँगुनाराण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ । 

त्यस्तै प्रथम चरणअन्तर्गत टेकु सबस्टेसनमा एक थान १३२–११ केभी, ४५ एमभिए ट्रान्सफर्मर चार्ज गर्न ती क्षेत्रको प्रसारणलाइन सर्ट डाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

ad
ad
ad
ad