१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १५ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १५ शुक्रबार १३:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बहराइनविरुद्ध नेपाल हाबी, २.५ ओभरमै लक्ष्य पूरा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १५ शुक्रबार १३:oo:oo

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले दिएको ३२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले २.५ ओभरमै पूरा गरेको छ। 

बहराइनसँगको खेलमा नेपालकाे सहज जितका लागि कविता कुँवरले नटआउट १७ रनकाे पारी खेलिन्। अर्की ओपनर सीता राना मगरले ३ बलमा २ रन बनाइन्। नेपालले १३ रन अतिरिक्त पाएको थियो।

मलेसियाको क्वालालम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५.४ ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमै समेटियाे। बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन्। त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।