१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

नौथरी गेडागुडी मिसाएर यसरी बनाइन्छ क्वाँटी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:oo:oo

क्वाँटी शब्द नेपाल भाषाको क्वाँती शब्दबाट बनेको हो, जसअनुसार क्वाँको अर्थ तातो र तीको अर्थ झोल वा सुप हो । तसर्थ, क्वाँती वा क्वाँटीको अर्थ तातो सुप भन्ने बुझिन्छ ।

क्वाँटी हाम्रो परम्परागत मौलिक परिकार हो । चार दिन भिजाएर टुसा उम्रेपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदाजनक छ । विभिन्न थरीका गेडागुडीको टुसा उमारी पूर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ ।

क्वाँटी शब्द नेपाल भाषाको क्वाँती शब्दबाट बनेको हो, जसअनुसार क्वाँको अर्थ तातो र तीको अर्थ झोल वा सुप हो । तसर्थ, क्वाँती वा क्वाँटीको अर्थ तातो सुप भन्ने बुझिन्छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खाने चलन छ । यस्ता गेडागुडीको मिश्रण खानुअघि यसलाई टुसा उम्रिने गरी पानीमा भिजाउने चलन छ ।

कसरी बनाउने क्वाँटी ?
क्वाँटी बनाउने तरिका समुदायअनुसार फरक–फरक हुन्छ । तर पनि काठमाडौंका स्थानीय रैथाने नेवारी समुदायले बनाउने क्वाँटीको स्वाद धेरैलाई मन पर्छ । कतिले खसीको मासु मिसाएर बनाउँछन् भने कतिले राँगाको मासु हालेर पनि पकाउँछन् । तर, सादा रूपमा बनाउँदा पनि यो निकै स्वादिष्ट र पोषिलो पनि छ । क्वाँटी अन्तर्राष्ट्रिय रूपमा चिनिएको नेपाली मौलिक सुप हो । 

क्वाँटी बनाउन चाहिने सामग्री
नौथरी मिसाएको गेडागुडी एक किलो, तोरीको तेल ४० एमएल, पिसेको अदुवा–लसुन तीन चियाचम्चा, ज्वानो एक र आधा चियाचम्चा, हरियो खुर्सानी तीन पिस, ताजा गोलभेँेडा दुई पिस, बेसार एक र आधा चियाचम्चा, खुर्सानीको धुलो एक चियाचम्चा, नुन स्वादअनुसार, मिक्स होल गरम मसला पाँच ग्राम, गरम मसला पाउडर आधा चियाचम्चा, प्याज दुई पिस, हरियो धनियाँ सानो एक मुठा, ताजा कुटेको जिरा धनियाँको पेस्ट एक चियाचम्चा, हिङ पिन्च, पानी आवश्यकताअनुसार थप्न सकिन्छ ।

क्वाँटी बनाउने विधि 
गेडागुडीलाई २४ घन्टा भिजाएर राख्ने र छानेर फेरि तीन दिनसम्म जालीमा राखी उमार्ने । बिन्स स्प्राउटजस्तो राम्ररी टुसा देखिन थालेपछि क्वाँटीका लागि उत्तम हुन्छ । प्रेसरकुकर तताएर तेल हाल्ने र ज्वानो फुराएलगत्तै होल गरम मसला, चप ग्रिन चिल्ली, अदुवा–लसुन, काटेको प्याज हाली भुट्ने ।

ब्राउन कलर देखिनासाथ बेसार, हिङ, जिरा, धनियाँ, खुर्सानी पाउडर, गरम मसला पाउडर हाली चलाउने र काटेको गोलभेँडा हाली सानो आँचमा पकाउने । उम्रेको गेडागुडी हाली राम्ररी चलाई पानी आवश्यकताअनुसार हाली उमाल्ने र स्वादअनुसार नुन हाली पकाउने । पाक्नासाथ काटेको धनियाँ हाली भुजासँग या सुपको रूपमा पनि पिउन सकिन्छ ।

ad
ad