१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १४ बिहीबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ १४ बिहीबार १o:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

मनीषा कोइराला र  दिव्या दत्ता एउटै मञ्चमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १४ बिहीबार १o:४२:oo

त्रिदिवसीय साहित्य महोत्सव ‘सूर्य नेपाल काठमाडौं–कलिङ साहित्य महोत्सव’का सम्पूर्ण सेसनको तालिका सार्वजनिक भएको छ । भदौ १५ गते (शुक्रबार)बाट होटेल हिमालयमा सुरु हुने साहित्य महोत्सवमा करिब पाँच दर्जन सेसन हुने आयोजकले जनाएको छ । 

दक्षिण एसियाका नेपाललगायत भारत, भुटान, बंगलादेश र श्रीलंकासमेतका लेखक तथा कलाकारहरू भेला हुने यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटरेरी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदै छ ।

कुल ५७ वटा सेसन रहेको महोत्सवको पहिलो दिनको पहिलो सेसनमा डा. विवेक डेब्रोय, जगमान गुरुङ, प्रो. अवधेष प्रधान र प्रो. बिना पौडेलले ‘शक्ति र भक्ति–सभ्यतागत सम्बन्ध, विश्वव्यापी विचारको केन्द्र नेपाल’ शीर्षकमा छलफल गर्नेछन् ।

पहिलो दिन नै यस महोत्सवकी मुख्य आकर्षण बलिउड अभिनेत्री तथा लेखिका दिव्य दत्ताले आफ्नो सिनेमा यात्राबारे प्रस्तुति दिनेछिन् । त्यसैगरी, बलिउड तथा नेपाली सिनेमा क्षेत्रमा काम गरेकी अभिनेत्री मनीषा कोइराला दोस्रो दिनको मुख्य आकर्षण रहनेछिन् । यी दुई अभिनेत्री एउटै मञ्चमा समेत देखिनेछन् । अभिनेत्रीद्वय दिव्या र मनीषाले दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यताबारे अन्तक्र्रिया गर्ने कार्यक्रम छ ।

ad
ad
ad
ad