१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १६:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन परिवर्तन गर्ने हाम्रो मनसाय छैन : नेता रिजाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:११:oo

कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले गठबन्धन परिवर्तन गर्ने कांग्रेसको कुनै मनसाय नरहेको बताएका छन्। आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले गठबन्धन बनाउने नाममा कांग्रेसले आफ्ना मूल्य र मान्यतामा सम्झौता नगरेको बताएका हुन्। 

कांग्रेसका आधारभूत मूल्य र मान्यताभन्दा बाहिर नगएसम्म सरकारले कांग्रेसबाट चिन्ता गर्न नपर्नेमा जोड दिँदै नेता रिजालले त्यस मूल्य र मान्यताभन्दा बाहिरबाट सहयोग खोज्न नहुने बताए। 

कांग्रेसले भ्रष्टाचारका विषय लुकाउनुपर्छ भनेर कहीँ नबोलेको उल्लेख गर्दै उनले केन्द्रीय समितिको बैठकमा समेत यो विषयमा निर्णय भएको उल्लेख गरे। 

भ्रष्टाचार नियन्त्रणका विषयमा पार्टीले गृहमन्त्री र प्रहरीलाई कुनै पनि किसिमको दबाब नदिएको चर्चा गर्दै नेता रिजालले  भने, ‘अनुमानको भरमा कसैलाई आरोप लगाएर हिँड्नुहुँदैन। कांग्रेस पार्टीले निर्णय नै गरेको छ।’
 
 

ad
ad