१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:२o:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

आर्थिक रूपमा ‘बिरामी’ जर्मनी

सन् २००८ को मन्दीपछि युरोपेली संघभित्रकै देशलाई दिल खोलेर सहयोग गर्नेमा जर्मनी पहिलो थियो, अहिले आफैँ संकटमा छ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२o:oo

सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी आयो । बैंकिङ फर्म लेहमन ब्रदर्सका कारण २००८ मा अमेरिकासहित के युरोप, के एसिया, विश्वमै मन्दी छायो । मन्दीले एकातिर कम्पनी टाट पल्टिन थाले भने अर्कातिर बैंकको समस्या दिन–प्रतिदिन बढ्न थाल्यो । पछि सोही वर्ष लेहमनले आफू टाट पल्टिएको घोषणा गर्‍यो, जसले गर्दा विश्वमै मन्दी सुरु भएको थियो ।

 मन्दीको केही वर्षपछि आयरल्यान्ड, पोर्चुगल, इटाली, ग्रिस र स्पेनको अवस्था बिग्रन थाल्यो । त्यति वेला युरोपेली संघ (इयू) ले आर्थिक मन्दीबाट ग्रस्त भएका सदस्य राष्ट्रलाई दिल खोलेर सहयोग गर्‍यो । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने जर्मनीले त्यति वेला अरूले भन्दा बढी भार उठायो । अहिले आयरल्यान्डलगायतका देश लयमा छन् । तर, विडम्बना ! दुःख (आर्थिक संकट) का वेला सबैभन्दा बढी भार उठाएर अरूलाई सहयोग गर्ने जर्मनी यति वेला स्वयं आर्थिक रूपले बिरामी छ । रुस–युक्रेन युद्ध र त्यसले सिर्जना गरेका नयाँ भूराजनीतिक समीकरणले जर्मनीको अर्थतन्त्रमा आपत्कालीन ‘ब्रेक’ लगाएका छन् । 

धर्मराएको योजना :  त्यसो त जर्मनी दीर्घकालीन योजना (लङ टर्म प्लानिङ) र त्यसमा अडिग रहने देशका रूपमा चिनिन्छ । सब ठीकठाक चलिरहेका वेला यो योजना जर्मनीको सर्वाधिक बलियो र प्रभावकारी हतियार बन्छ । तर, अचानक परिस्थिति परिवर्तन भयो भने जर्मन सिस्टम सम्हालिने प्रतीक्षा गर्छ । युक्रेन युद्धपछि जर्मनी केही यस्तै अवस्थाबाट गुज्रिएको छ । 

झन्डै डेढ वर्षदेखि जारी रुस–युक्रेन युद्ध थामिने छाँटकाँट छैन । शक्ति र सत्ताको तुजुक देखाउन दुवै पक्ष कोभन्दा को कमको शैलीमा भिडिरहेका छन् । यही युद्धका कारण जर्मनीले आफ्नो सैन्य तयारी गर्दा र युक्रेनलाई सहयोग गर्दा धेरै खर्च गर्नु परिरहेको छ ।

झन्डै डेढ वर्षदेखि जारी रुस–युक्रेन युद्ध थामिने छाँटकाँट  छैन । शक्ति र सत्ताको तुजुक देखाउन दुवै पक्ष कोभन्दा को कमको शैलीमा भिडिरहेका छन् । यही युद्धका कारण जर्मनीले आफ्नो सैन्य तयारी गर्दा र युक्रेनलाई सहयोग गर्दा धेरै खर्च गर्नुपरिरहेको छ । साथै, अन्तर्राष्ट्रिय मागमा गिरावट आउँदा जर्मनीको निर्यात पनि संकुचित भएको छ । ठूलो कारोबार साझेदार चीन र पश्चिमको बिग्रँदो सम्बन्ध पनि जर्मनको भविष्यको योजनामा बाधक बनिरहेको छ । 

यसैगरी, पश्चिमाले रुसमाथि लगाएको कडा प्रतिबन्धको प्रत्यक्ष असर जर्मनीमा देखिन्छ । त्यहाँका कारखानालाई आवश्यक पर्ने सस्तो ग्यास अहिले बन्द भएको छ । महँगो तेलका कारण महँगी दर उच्च बनेको छ । यस्तै, युरो–जोनमा पनि ब्याजदर उच्च छ । ऊर्जा स्रोत किफायती राख्ने ध्याउन्नमा सरकारको बजेट घाटा बढ्दै गएको देखिन्छ । जर्मनको खराब अवस्था यतिमै रोकिँदैन । अर्थतन्त्रको खम्बा मानिने मझौला उद्योगले कर्मचारी अभाव झेलेका छन् । 

नियतिमा निर्भर निर्यात :  जर्मनीको आर्थिक मामिलामन्त्री रोबर्ट हबेकले डी त्साइट नामक पत्रिकासँग कुराकानी गर्दै भनेका छन्, ‘निर्यातले हामीलाई सम्पत्ति आर्जन गर्ने काम ग¥यो । तर, वैश्विक अर्थतन्त्रको कमजोरी अन्य देशको तुलनामा जर्मनीमा धेरै पर्छ ।’

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार सन् २०२३ मा विश्वको ठूलो अर्थतन्त्रमा संकुचन आउनेछ । र, त्यो देश अरू नभएर जर्मनी नै हुनेछ । यही हप्ता अप्रिल–जुनको त्रैमासिक तथ्यांक सार्वजनिक भएको छ । उक्त तथ्यांकले जर्मनीको विकास दर शून्य प्रतिशत रहेको देखाएको छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार सन् २०२३ मा विश्वको ठूलो अर्थतन्त्रमा संकुचन आउनेछ । र, त्यो देश अरू नभएर जर्मनी नै हुनेछ । 

यी सबै गतिविधिसँग जर्मनी सरकार जानकार छ । तर, सरकार आफैँ संकटमा छ । कारण, त्यहाँको सरकार तीन परस्पर विरोधी पार्टीले बनेको छ । विशेष मुद्दामा एक पाइला अगाडि र एक पाइला पछाडि गएझैँ अवस्था भएको छ । पर्यावरण पैरवीकर्ता ग्रिन पार्टीका नेता हाबेक आर्थिक मामिलामन्त्री छन् भने उदारवादी ढंगले व्यावसायिक हितलाई अनुमति दिने एफडिपी पार्टीका नेता क्रिस्टियान लिन्डनर अर्थमन्त्री छन् ।

हाबेक चाहन्छन्– अत्याधिक ऊर्जा खर्च गर्ने जर्मनी उद्योगका लागि सन् २०३० सम्म विद्युत् शुल्क निश्चित सीमाभित्र राखियोस् । जसले गर्दा जर्मनीका केमिकल उद्योगले विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्छ । तर, लिन्डनर भने सोझै अनुदान दिने विषयको विरुद्धमा छन् । लिन्डनरको धारणामा चान्सलर ओलाफ साल्त्सको पनि एक मत छ । तर, उनकै पार्टी एसपिडीका केही नेताले भने हाबेकको योजनालाई समर्थन गर्छन् । 

त्यसो त अर्थमन्त्री लिन्डनर व्यापारिक क्षेत्रका लागि करमा कटौती गर्न चाहिरहेका थिए । यो रकम करिब ६ अर्ब युरोबराबर थियो । सरकार यसलाई लागू पनि गर्न चाहन्थ्यो । तर, अगस्ट मध्यतिर ग्रिन पार्टीका एक मन्त्री यो प्लान अस्वीकार गरे । 

सुस्त सिस्टममा नयाँ दिशा खोज्ने चुनौती :  ‘ई इकोनोमिस्ट’ ले अगस्ट संस्करण जर्मनी पुन युरोपको बिमारी देश बनेको हो ? भन्ने कभर स्टोरी छापेको थियो । केही विशेषज्ञ भने जर्मनीको हालको अवस्थालाई त्यति खराब पनि मान्दैनन् । जर्मन अर्थशास्त्री तथा इफो इन्स्टिच्युटका प्रमुख क्लेमेन्स फोएस्टका अनुसार जर्मनीको अवस्था ४० देखि ५० वर्षबीचको मानिसको जस्तै छ । लामो समय सफल देश जर्मनीले अब भने नयाँ दिशा खोज्नुपर्ने हुन्छ ।  

जर्मनी आर्थिक मन्दीमा :  जर्मनीको तथ्यांक कार्यालय डेस्टाटिसका अनुसार सन् २०२३ को पहिलो तीन महिनामा जर्मनीको अर्थतन्त्र ०.३ प्रतिशतले संकुचित भएको थियो । यसअघि गत वर्षको अन्तिम तीन महिनामा पनि जर्मन अर्थतन्त्र ०.५ प्रतिशले संकुचन भएको थियो । लगातार दोस्रो त्रैमाससम्म पनि अर्थतन्त्र नकारात्मक भएपछि मे अन्तिमतिर जर्मनीको अर्थतन्त्र आर्थिक मन्दीमा गएको थियो । 

युक्रेन–रुस युद्धका कारण जर्मनीको ऊर्जा–मूल्य अकल्पनीय रूपमा बढेको छ, जसले गर्दा कारोबार खर्च अत्यधिक बढेको छ । बढ्दो मूल्यवृद्धिले देशमा महँगी दर पनि बढाएको छ । अप्रिलमा त्यहाँको मुद्रास्फीति ७.२ प्रतिशत रहेकामा जुलाईमा केही कम भई ६.४ प्रतिशत पुगेको छ । 

 

ad
ad