मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ११ सोमबार
  • Friday, 17 January, 2025
२o८o भदौ ११ सोमबार १६:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले लुम्बिनी प्रदेश अधिवेशनका लागि छानिए १००४ प्रतिनिधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ११ सोमबार १६:४१:oo

नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको तयारी तीव्र पारिएको छ। अधिवेशनका लागि एक सय नौ पालिकाबाट प्रतिनिधि चयन भएका छन्। 

नेकपा एमालेकी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालका अनुसार एक हजार चारजना प्रतिनिधि छनाेट भएका हुन्। प्रतिनिधितर्फ मनोनीत गर्नेबाहेक छनोटको काम सकिएको र मनोनीतका बारे निष्कर्षमा पुग्न बाँकी रहेको उनले बताइन्। 

उनका अनुसार छनोट भएका प्रतिनिधिमा महिला ३० प्रतिशत, उत्पीडित जातिबाट १५ प्रतिशत र युवाबाट २० प्रतिशतभन्दा बढी प्रतिनिधि छनोट भएका छन्। 

एमालले भदौ १६ र १७ गते बुटवलमा लुम्बिनी प्रदेशको प्रथम अधिवेशन गर्दै छ। यो अधिवेशनबाट दुई सय पाँचजनाको प्रदेश कमिटीको चयन हुनेछ। यसअघि केन्द्रबाटै बनेको कमिटीमा ६ सय एकजना छन्। 

एमालेले प्रदेशका १२ जिल्लाबाट प्रतिजिल्ला पाँचजनाका दरले ६० जना, संघीय निर्वाचन क्षेत्रबाट प्रतिक्षेत्र पाँचजनाका दरले २६ बाट एक सय ३० जना र खुलाबाट पाँच पदाधिकारीसहित १५ जना रहने गरी दुई सय पाँचजनाको प्रदेश कमिटी चयन हुने सचिव अर्यालले जानकारी दिइन्।

प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले पहिलो र ऐतिहासिक अधिवेशन भएकाले यस अधिवेशनले विशेष महत्व राख्ने धारणा राखे। एमाले लुम्बिनी प्रदेश सदस्य मोहन चापागाईंले ऐतिहासिक अधिवेशन तयारीका सन्दर्भमा विभिन्न तयारीका काम भइरहेको बताए।