१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्राइम बैंकको सिइओमा मानन्धर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:१३:oo

प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सञ्जीव मानन्धर नियुक्ति भएका छन् । शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड एकाउन्टेन्ट मानन्धरलाई प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त गरेको हो ।  

नवनियुक्त सिइओ मानन्धरलाई सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका छन् । स्थापनाकालदेखि नै प्राइम बैंकमा महाप्रबन्धकका रूपमा कार्यरत मानन्धर यसअघि बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाट बैंकिङ करिअर सुरु गरेका चार्टर्ड एकाउन्टेन्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आबद्ध रही कार्य गरिसकेका छन् । 

ad
ad