मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १७ आइतबार
  • Sunday, 03 December, 2023
२०८० भदौ ९ शनिबार १८:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडास्थित राप्ती खोलामा युवकको शव फेला

Read Time : < 1 मिनेट
२०८० भदौ ९ शनिबार १८:३५:००

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटार नजिकै राप्ती खोलामा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ। 

शनिबार दिउँसो खोलामा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयको खबरपछि घटनास्थल पुगेको प्रहरी टोलीलले शव खोलाबाट बाहिर निकालेको थियो। 

उक्त शव हेटौँडा– ११ थानाभर्‍याङ बस्ने ४५ वर्षीय कुमार भारतीको रहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए। 

शवलाई पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको र घटनाको बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।