१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
क्वालालम्पुर
२o८१ बैशाख १९ बुधबार o८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एएफसी च्याम्पियन्स लिग खेल्न नेमार भारत आउने

Read Time : < 1 मिनेट
क्वालालम्पुर
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:४५:oo

ब्राजिलियन खेलाडी नेमार एएफसी च्याम्पियन्स लिग खेल्न भारत आउने भएका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार एएफसी च्याम्पियन्स लिग र एएफसी कपको समूह विभाजन गरेको हो । नेमार अहिले साउदी प्रो लिग अल हिलालमा अनुबन्ध छन् । अल हिलाल र भारतको मुम्बई सिटी एफसी च्याम्पियन्स लिगको समूह ‘डी’मा छन् । एएफसीको नियमअनुसार हरेक टोलीले होम एन्ड अवेका आधारमा खेल खेल्नुपर्नेछ । 

अब, साउदी अरेबियाको शीर्ष क्लब अवे खेल खेल्न पुणे आउनेछन् । मुम्बईले आफ्नो घरेलु मैदान पुणेको श्री शिव छत्रपति कम्प्लेक्सलाई मान्यता दिएको छ । समूह ‘डी’मा मुम्बई र अल हिलाल साथै उज्वेकिस्तानको नाभबाहोर नमांगन र इरानी क्लब एफसी नस्साजी मजनदरन छन् । विश्व फुटबलमा हलचल मच्चाएको साउदी प्रो लिगले युरोपका चर्चित खेलाडी अनुबन्ध गरिरहेको छ ।

अल हिलालमा नेमारसँगै सेनेगलका काउलीबाली, पोर्चुगलका रुबेन नेभेस र सर्बियाका मिट्रोभिक भित्रिएका छन् । एएफसीले विभिन्न ४० क्लबलाई १० समूहमा विभाजन गरेको हो । जसमा साउदी अरेबिया, जापान र दक्षिण कोरियाका चार–चार क्लबले भाग लिँदै छन् । यसैगरी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सम्मिलित नल नासर भने समूह ‘इ’मा छ । समूहमा पर्सेपोलिस एफसी, अल दुहेल एससी र एफसी इस्टिक्लोल छन् । 

ad
ad