१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका कृष्णनगर
२o८१ बैशाख १८ मंगलबार १२:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कपिलवस्तुको सामुदायिक वनमा मानव कंकाल फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कृष्णनगर
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:३१:oo

कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कंकाल फेला परेको छ। 

वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले जानकारी दिए। 

उनले वनभित्र भेटिएको कंकालबारे अनुसन्धान भइरहेको बताए। वाणगंगा नगरपालिका– ६ को वनछेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कंकाल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए। 

कुलाले बगाउँदा एक महिलाको मृत्यु 

कपिलवस्तुको वाणगंगामा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। वाणगंगा नगरपालिका– ८ ढोडेकालेस्थित वाणगंगा नदीबाट सिँचाइका लागि बनाइएको कुलोमा बिहीबार माछा मार्ने क्रममा डुबेर अन्दाजी ५० वर्षीया गुड्डी थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।

इलाका प्रहरी कार्यालयका अनुसार मृतक महिलालाई बिहीबार बिहानको समयमा कुलोमा माछा मार्ने क्रममा बगाएको थियो। 

उनको शव झन्डै एक किलोमिटर तल फेला परेको हो। शव परीक्षण गरी परिवारको जिम्मा लगाइएकोे र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस 
 

ad
ad