Skip This
कुन प्रतिवादीबाट कति बिगो दाबी ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ८ शुक्रबार
  • Saturday, 27 July, 2024
टेकराज थामी काठमाडाैं
२o८o भदौ ८ शुक्रबार o६:२२:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कुन प्रतिवादीबाट कति बिगो दाबी ?

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ८ शुक्रबार o६:२२:oo

२३८ प्रतिवादीसँग ७६ अर्ब १६ करोड पाँच लाख ५२ हजार र मृत्यु भइसकेका प्रतिवादी २१ जनाको परिवारसँग १५ अर्ब ६३ करोड ४९ लाख १४ हजार बिगो दाबी गर्न सिआइबीको सिफारिस, पछि जग्गा खरिद गर्ने ४८ जना भने जग्गा फिर्ताका लागि मात्र प्रतिवादी

बालुवाटारस्थित ललितानिवास क्याम्पको सरकारी जग्गा हिनामिनामा संलग्नहरूसँग झन्डै एक खर्ब बिगो असुल गर्ने गरी मुद्दाको तयारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सजाय र बिगो दाबीको सिफारिससहित मंगलबार जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ । 

सिआइबीको प्रतिवेदनमा प्रतिवादी बनाउन राय दिइएकाहरूसँग ९१ अर्ब ७९ करोड ५४ लाख ६६ हजार पाँच सय ३१ रुपैयाँ बिगो दाबी गर्नुपर्ने उल्लेख छ । प्रतिवादी दुई सय ३८ जनासँग ७६ अर्ब १६ करोड पाँच लाख ५२ हजार एक सय ७० रुपैयाँ बिगो दाबी गरिएको छ । त्यस्तै, मृतक प्रतिवादी २१ जनाको परिवारबाट १५ अर्ब ६३ करोड ४९ लाख १४ हजार तीन सय ६१ रुपैयाँ माग  गरिएको छ । पछि जग्गा खरिद गर्ने ४८ जनाबाट जग्गा फिर्ता लिन मात्र प्रतिवादी बनाइएको छ । राजनीतिक र प्रशासनिक नेतृत्वलाई प्रभावित पारेर बिचौलिया र व्यवसायीले बालुवाटारको १४३ रोपनी ६ आना तीन पैसा तीन दाम सरकारी जग्गा व्यक्तिका नाममा लगेका थिए ।

प्रतिवादी बनाउन सिफारिस गरिएका चार पूर्वमन्त्रीविरुद्ध साढे ९४ करोड रुपैयाँभन्दा धेरै रकम बिगो दाबीसहित १०–१० वर्ष कैद सजाय हुनुपर्ने राय प्रहरीले सरकारी वकिललाई दिएको छ । चारमध्ये तत्कालीन भूमिसुधारमन्त्री चन्द्रदेव जोशीविरुद्ध सबैभन्दा धेरै ६३ करोड १० लाख रुपैयाँ बिगो दाबी गरेको छ । 

त्यस्तै, तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र भौतिक योजना राज्यमन्त्री सञ्जय साहविरुद्ध जनही १० करोड ५१ लाख १२ हजार नौ सय तीन रुपैयाँका दरले बिगो दाबी गरेको छ । सबैको कुल बिगो दाबी ९४ करोड ६३ लाख ३८ हजार सात सय नौ रुपैयाँ हुन्छ । चारैजनालाई १०–१० वर्ष कैद गर्नुपर्ने सिआइबीको राय छ ।

सिआइबीले पछिल्लोपटक ५७ दिन लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको थियो । सिआइबीले घटनामा संलग्न अभियुक्तविरुद्ध सरकारी छाप किर्ते र संगठित कसुरअन्तर्गत अनुसन्धान गरेको थियो । 

दाङका सिडिओ सुशील वैद्य फरार प्रतिवादी

सिआइबीले दाङका सिडिओ सुशील वैद्यलाई पनि प्रतिवादी बनाउन आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । ०७० मा काठमाडौंको भूमिसुधार अधिकारी हुँदा उनले पशुपति टिकिन्छा गुठीका नाममा सरकारी जग्गा दर्ता गरी नक्कली मोही खडा गरेर हिनामिनामा सघाएको सिआइबीको निष्कर्ष छ ।

अनुसन्धानका क्रममा सिआइबीले उनको बयान भने लिएको छैन । बहालमै रहेका सिडिओलाई फरार प्रतिवादी बनाइएको छ । एक करोड आठ लाख ७९ हजार तीन सय १० रुपैयाँ बिगो कायम गरी उनीविरुद्ध मुद्दा दायर गर्न सिआइबीको सिफारिस छ ।

वैद्यसमेत संगठित भई आपराधिक समूहको स्थापना गरी समरजंग कम्पनीको नाममा रहेको सरकारी जग्गा व्यक्तिको नाममा मोही कायम गरी प्रस्तुत कसुर अपराध गरेको देखिएको भन्दै सिआइबीले उनलाई प्रतिवादी बनाएको हो । उनलाई संगठित अपराध र किर्ते मुद्दामा प्रतिवादीका रूपमा प्रस्तुत गरिएको छ । आफूविरुद्ध मुद्दा अघि बढेको थाहा पाएपछि वैद्य केही दिनयता घरबिदामा बसेका छन् । 

जग्गा फिर्ताका लागि मात्र ४८ प्रतिवादी
१. केशव तुलाधर 
२. प्रवीणकुमार महर्जन 
३. मनोजकुमार केडिया 
४. मनोजकुमार गौतम 
५. मन्ती गोर्खाली 
६. निकिता तुलाधर 
७. अमिताम्भ तुलाधर 
८. उमा प्रसाईं 
९. युरिशोभा तुलाधर 
१०. रेणुका बज्राचार्य 
११. सुविस्ता तुलाधर 
१२. अञ्जना तुलाधर ताम्राकार 
१३. चन्द्रिका कंसाकार (तुलाधर) 
१४. सानुछोरी बज्राचार्य 
१५. सन्ध्या शाक्य 
१६. संगीता कोठारी राखेचा बोथरा 
१७. नूतन श्रेष्ठ 
१८. धर्मशोभा शाक्य 
१९. डिम्पल वंशल 
२०. सरिता मानन्धर श्रेष्ठ 
२१. रिता ओझा गौतम 
२२. रत्नहिरा बज्राचार्य 
२३. प्रतिमा वैद्य प्रधान 
२४. विजय ताम्राकार 
२५. माया शेर्पा गौचन 
२६. महेशराज तुलाधर 
२७. द्वारिकादेवी श्रेष्ठ 
२८. इन्द्रदेव गुरुङ 
२९. इन्दु शर्मा 
३०. भवानी जोशी 
३१. भारती पाण्डे 
३२. कल्पना तुलाधर 
३३. अनितादेवी कंसाकार 
३४. ओमवीरमान ताम्राकार 
३५. अनिलमान ताम्राकार 
३६. गायत्री श्रेष्ठ कंसाकार 
३७. राधा सिग्देल आचार्य 
३८. शर्मिला शाक्य बज्राचार्य 
३९. पहलमान गुरुङ 
४०. पुरुषोत्तम पौड्याल 
४१. प्रमोद शेरचन 
४२. अच्युतराज श्रेष्ठ 
४३. बद्रीलक्ष्मी श्रेष्ठ 
४४. विजेन्द्र जोशी  
४५. विनिता अधिकारी 
४६. प्रगति कंसाकार 
४७. सुधिरा अधिकारी भट्टराई र 
४८. राजेशशमशेर राणा