मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ ६ बुधबार १७:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारको सुशासन आफ्ना मान्छे मुछिएपछि सुस्तायो : रवि लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ ६ बुधबार १७:४२:००

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललितानिवास जग्गा प्रकरणमा संलग्न रहेको भनिएका पूर्वप्रधानमन्त्रीहरूलाई सरकारले छानबिनको दायरामा नल्याएको भन्दै आपत्ति जनाएका छन्। 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकारको सुशासन आफ्ना पार्टीका मानिसहरू नपरुन्जेल मात्रै सीमित रहेको बताए। आफ्ना मान्छेहरू पर्न थालेपछि सुनपानी छर्केर चोख्याउने काम भएको उनले आरोप लगाए। 

सांसद लामिछानेले सुन प्रकरणमा सत्तारुढ दलका नेताहरूको नाम आउनेबित्तिकै सरकार सुस्ताएको बताए। सरकारको सुशासन आफ्नो ढोकासम्म आउनेमा मात्रै सीमित रहेको उनको भनाइ थियो। 

सभापति लामिछानेले फरेन्सिक ल्याबबाट सुन प्रकरणमा पक्राउ परेका दाबा लामाको फोन रेकर्ड संसदीय समिति र संसद्ले हेर्न पाउनुपर्ने माग गरे।