१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o७:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

श्रेष्ठले सम्हाले सर्वोच्च

स्वचालित पेसी तारेख प्रणाली लागू गर्ने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:१८:oo

विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीशका रूपमा कार्यभार सम्हालेका छन् । उनले जिम्मेवारी सम्हालेसँगै स्वचालित पेसी तारेख प्रणाली लागू गर्ने निर्णय गरेको सर्वोच्च अदालतले जनाएको छ । 

सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार हालै तयार सफ्टवेयरको प्रयोग गर्दै स्वतः अर्को पेसी तोकिनेछ । सोमबारबाट यो प्रणाली लागू हुने उनले जानकारी दिए । मुद्दाको प्रकृति, चापलगायत विषय प्रवृष्ट गरेपछि स्वतः तारेख उत्पन्न हुने गरी सफ्टवेयर डिजाइन गरिएको अदालतले जनाएको छ । 

‘सोमबारदेखि यो प्रणाली लागू हुन्छ । यसमा मुद्दाको पेसी कम्प्युटरले नै तोक्ने हो, आफैँ जेनेरेट हुन्छ,’ पौडेलले भने, ‘मुद्दाका पक्षले यो दिन तारेख अनुकूल छैन भने उसलाई एकपल्टसम्म विकल्प दिन सकिने व्यवस्था सफ्टवेयरमा छ ।’

प्रधानन्यायाधीश श्रेष्ठलाई सोमबार संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्की सेवानिवृत्त भएपछि कायममुकायम प्रधानन्यायाधीश रहेका श्रेष्ठलाई संवैधानिक परिषद् बैठकले १८ साउनमा प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो । मंगलबार राष्ट्रपतिबाट शपथग्रहण गरेपछि दिउँसो ४ बजे उनले पद सम्हालेका हुन् ।

उनी १७ साउन ०७३ देखि सर्वोच्चमा न्यायाधीशका रूपमा कार्यरत छन् । जिल्ला अदालतमा न्यायाधीश रहेका उनको विभिन्न न्यायिक निकायका न्यायाधीशका रूपमा झन्डै ३५ वर्षको अनुभव छ । उनी जेठ ०४५ मा पहिलोपटक जिल्ला न्यायाधीशका रूपमा नियुक्त भएका हुन् । कैलालीको धनगढीका उनी आगामी वर्ष २० असोजसम्म प्रधानन्यायाधीशको पदमा बहाल रहनेछन् । 
 

ad
ad