१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाजुरामा बढे ‘स्क्रब टाइफस’का बिरामी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:oo:oo

वर्षायाम सुरु भएसँगै जिल्ला अस्पताल बाजुरामा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्। मौसममा आएको परिवर्तनका कारण बिरामीको संख्या बढ्न थालेको अस्पताल स्रोतले जनाएको छ। 

उपचारका लागि आउने बिरामीको संख्या केही दिनयता बढेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए। उनका अनुसार पछिल्लो समयमा स्क्रब टाइफस, मलेरिया, डेंगु, झाडापखाला, आँखा पाक्नेलगायत समस्या लिएर बिरामी उपचारमा आउने गरेका छन्। 

पछिल्लो एक महिनाको अवधिमा नौजना स्क्रब टाइफसका बिरामी उपचाररत रहेको सूचना अधिकारी गिरीले जानकारी दिए। उनका अनुसार जिल्लामा नौ स्क्रब टाइफस, एक मलेरिया र दुई डेंगु संक्रमित बिरामी फेला परेका छन्।

अस्पतालका निमित्त कार्यालय प्रमुख डा. मिलन जोशीका अनुसार स्क्रब टाइफस एक सरुवा रोग हो। यो जुम्राजस्तै एक प्रजातिले टोकेपछि लाग्ने गर्छ। यो रोग लागेका बिरामीलाई ज्वरो आउने, ढाड दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्नेलगायतका लक्षण देखिन्छ। 

त्यस्तै, स्क्रब टाइफसबाट बच्न विशेषगरी मुसाको नियन्त्रण गर्ने, झारमा काम गर्दा सावधानी अपनाउनुपर्ने डा. जोशीको भनाइ थियो। जिल्लामा मार्तडी र कोल्टीमा डेंगु संक्रमण फैलिन सक्ने भएकाले त्यस क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउनुपर्नेमा डा. जोशीले जोड दिए। 

सदरमुकाम क्षेत्र भएकाले यहाँ धेरै भिडभाड हुनुका साथै बजारबाट आउने ढलको उचित व्यवस्थापन नहुँदा लामखुट्टेको खतरा बढी रहेको उनको भनाइ थियो । 

जिल्ला स्वास्थ्य कार्यालय बाजुराले भने डेंगु, मलेरिया, स्क्रब टाइफसको अहिलेसम्म कुनै रिपोर्ट नआएको जनाएको छ।

ad
ad