Skip This
अरिजित सिंह नेपाल आउने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३१ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण ३१ बुधबार १o:५२:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

अरिजित सिंह नेपाल आउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण ३१ बुधबार १o:५२:oo

चर्चित भारतीय गायक अरिजित सिंहले मंसिर ९ मा नेपालमा कन्सर्ट दिने भएका छन् । गराज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले ‘अरिजित सिंह लाइभ इन नेपाल’ कार्यक्रम आयोजना गर्ने घोषणा गरेको हो । 

सिंहका ‘अगर तुम साथ हो’, ‘कबिरा’, ‘तु हे तो मुझे’, ‘केसरिया तेरा’, ‘झुमे जो पठान’, ‘खैरियत’, ‘अपना बनाले’ लगायत थुप्रै गीत चर्चित छन् । एमएन प्रोडक्सनका निर्देशक नीलविक्रम शाहीले आफूहरूका लागि यो कार्यक्रम अपेक्षित र ऐतिहासिक रहेको बताए । ‘संगीतलाई मन पराउने दर्शकलाई विश्वकै तेस्रो स्ट्रिमिङमा पर्ने गायकलाई ल्याउँदै छौँ भन्ने जानकारी गराउन चाहन्छु,’ उनले भने । 

अरिजितले कार्यक्रममा तीन–चार घन्टा प्रस्तुति दिनेछन् । गराजका रसिक भट्टराईले मुम्बई पुगेरै अरिजितको टिमलाई भेटेपछि उनलाई नेपाल ल्याउन सम्भव भएको बताए । आफूहरूले १५ हजार दर्शक उपस्थित हुने अपेक्षा गरेको पनि उनले बताए । कार्यक्रमका लागि मंगलबारबाट टिकट बिक्री खुला गरिएको छ ।