१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

विराटनगरमा भदौ ३ देखि नाट्य कार्यशाला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:५८:oo

विराटनगरमा आगामी भदौ ३ गतेदेखि अभिनय कार्यशाला हुने भएको छ। आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ ३ देखि भदौ १८ गतेसम्म नाट्य तथा अभिनय प्रशिक्षण सञ्चालन हुन लागेको हो।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा दैनिक बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म हुने प्रशिक्षणमा रंगमञ्च र अभिनयका विविध तत्वहरू समेटिने आयोजकले जनाएको छ। 

रंगमञ्चको परिचय, नेपाली रंगमञ्च र इतिहास, नाट्यलेखन तथा कथावाचन, अभिनयको परिचय तथा अभ्यासहरू, पात्र निर्माण तथा प्रदर्शनका शिल्प, अभिनयमा शरीर, आवाज र कल्पनाशीलताको प्रयोग र अभ्यास, माइम अभिनय, नाटक निर्माण प्रक्रिया तथा तत्वहरू, समकालीन प्रदर्शन प्रवृत्ति तथा सामाजिक उत्तरदायित्वलगायत विषयमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ।

आगामी भदौ २२ गतेदेखि विद्यालय नाट्य महोत्सव आयोजना गर्न लागेको गुरुकुलले प्रशिक्षण कार्यशाला पनि सञ्चालन गर्न लागेको हो। प्रशिक्षणमा सहभागी हुन पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

ad
ad