मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २८ आइतबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २८ आइतबार १९:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनमतकी अनितादेवी साह मन्त्री बन्दै, मन्त्रालय टुंगिन बाँकी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २८ आइतबार १९:५३:oo

सरकारबाट बाहिरिएको चार महिनापछि जनमत पार्टी पुनः सरकारमा सहभागी हुन लागेको छ। सांसद अनितादेवी साह जनमत पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल हुन लागेकी हुन्। 

उनलाई भोलि बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गराउने राष्ट्रपतिको कार्यालयले जनाएको छ। तर, उनलाई कुन मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो भन्ने खुलेको छैन। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतलाई केही समय पहिले नै सरकारमा सहभागी गराउने प्रतिबद्धता जनाए पनि मन्त्रालयको टुंगो लागेको थिएन। आजै बसेको माओवादीको पदाधिकारी बैठकले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेपछि साहलाई मन्त्री बन्ने बाटो खुलेको हो। 

यसअघि १७ चैतमा खानेपानीमन्त्री रहेका अख्बुल खानले राजीनामा दिएपछि जनमत पार्टी सरकारबाट बाहिरिएको थियो।