१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी नयाँदिल्ली
२o८१ बैशाख २० बिहीबार o९:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

सरकारविरुद्धको अविश्वास प्रस्ताव भगवान्को आशीर्वाद

Read Time : < 1 मिनेट
एजेन्सी, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:१२:oo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दलमाथि कटाक्ष गर्दै आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवान्को आशीर्वाद भएको बताएका छन् । उनले सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडिए र भाजपाले भव्य विजय हासिल गर्ने दाबी गरे । लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिँदै प्रधानमन्त्री मोदीले भने, ‘भारतीय जनताले हाम्रो सरकारमाथि पटक–पटक विश्वास देखाएका छन् । म यहाँ देशका करोडौँ जनताप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ ।’

प्रधानमन्त्री मोदीले सन् २०१९ को लोकसभा चुनावअघि सन् २०१८ मा पनि विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको स्मरण गरे । ‘परमेश्वर धेरै दयालु हुनुहुन्छ र कुनै माध्यमद्वारा बोल्नुहुन्छ । विपक्षले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको छ । यो भगवान्को आशीर्वाद हो भन्ने मलाई विश्वास छ,’ उनले विपक्षी गठबन्धनलाई संकेत गर्दै भने, ‘मैले सन् २०१८ मा अविश्वासको प्रस्तावको वेला भनेको थिएँ कि यो हाम्रो लागि परीक्षा होइन, तर उनीहरूका लागि परीक्षा हो । अविश्वासको प्रस्ताव फलस्वरूप उनीहरू चुनावमा पराजित हुनुपरेको थियो ।’ 

प्रधानमन्त्री मोदीले विपक्षी दललाई आफूले विश्वासको मत परीक्षण भएको र विपक्षीले सन् २०१८ को अविश्वासको प्रस्तावमा जति मत प्राप्त भएको थियो, त्यो पनि जुटाउन नसकेको दाबी गरे । उनले भने, ‘एक किसिमले भन्ने हो भने विपक्षीको अविश्वास हाम्रा लागि सधैँ भाग्यको विषय बनेको छ । आज म देख्न सक्छु कि तपाईं (विपक्षी) ले निर्णय गर्नुभएको छ कि एनडिए र भाजपा विगतका सबै रेकर्ड तोड्दै, जनताको आशीर्वादका साथ २०२४ को चुनावमा ठूलो विजयका साथ फर्कनेछन् ।’ अविश्वासको प्रस्तावमाथि मंगलबारदेखि बहस सुरु भएको थियो । 
 

ad
ad